IME Life
Beema Board

हिमालयन रिइन्स्योरेन्सको शेयर सोमबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको छ। हिमालयन रिइन्स्योरेन्सको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबार आउँछ। सोहीबमोजिम हिमालयन रिइन्स्योरेन्सको आइपीओ पनि सोमबारबाट कारोबारमा आउने भएको हो।

हिमालयन रिइन्स्योरेन्सको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ करोड कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारमा रहेका नेपाली र कर्मचारीसहित)को ३ करोड कित्ता शेयर (३० प्रतिशत) सूचीकृत भएको छ।

Prabhu
Crest

नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई एचआरएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ। यदि भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमितसत्रका लागि कारोबारमा आउनेछ।

हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

7%

उत्साहित

43%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS