IME Life
Beema Board

सार्वजनिक लेखा समितिको निर्णयले बीमा उद्योगमा ठूलो संकट निम्त्याउँछः अध्यक्ष अधिकारी

SPIL
NIC ASIA

काठमाडौं । पेशागत अभिकर्ता स‌ंघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले समर्पण मूल्य भुक्तानी सम्बन्धमा सार्वजनिक लेखा समितिबाट भएको निर्णयले बीमा उद्योगमा ठूलो संकट निम्त्याउने टिप्पणी गरेका छन् । पेशागत अभिकर्ता स‌ंघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको विशेष अधिवेशन उद्घाटन शत्रलाई शनिबार सम्बोधन गर्दै अधिकारीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बीमा अभिकर्ताहरुलाई सम्बोधन गर्दै भने, भर्खरै लेखा समितिले केही मान्छेहरुको गुनासोलाई सुनुवाई गर्दै (बीमितले) तीन वर्षभन्दा भित्र जम्मा गरेको पैसाको २५ प्रतिशत  खर्चको रुपमा कम्पनीले राखोस्, बाँकी ७५ प्रतिशत  सकुशल फिर्तो गरोस् भन्ने निर्णय सार्वजनिक लेखा समितिबाट बीमा प्राधिकरणलाई आएको छ।

Prabhu
Crest

उनले यो प्रसङ्ग उल्लेख गर्दै गर्दा दर्शक दीर्घाबाट तालीको गडगडाहट सुनिएपछि अध्यक्ष अधिकारीले मुस्कुराउँदै भने,  मलाई लाग्छ कतिपय साथीहरुले बुझेर तालि पिट्नुभयो वा नबुझेर तालि पिट्नुभयो,आफैंमा एक्चुअरियल साइन्सले यो भन्दैन कि(तीन वर्ष नपुगेका लाई पैसा फिर्ता देऊ)। अन्तर्राष्ट्रिय प्राक्टिस छ कि तीन वर्षसम्म नतिरेको बीमा चाहे भारतमा जानुस् कही जानुस् पेड अप हुँदैन, समर्पण मूल्य पाउँदैन ।

उनले अझै प्रष्ट्याउँदै भने, त्यो भित्र(तीन वर्ष भित्र) को पैसा फिर्ता पाउने तरिकाले बीमाशुल्क निर्धारण गरिएको छैन । (लेखा समितिको) यो निर्णय कार्यान्वयन भयो भने बीमा कम्पनीहरुलाई ठूलो संकट आउनेवाला छ। त्यो हामीलाई पनि संकट आउनेवाला छ। यो बुझ्न जरुरी छ मित्रहरु ।

पैसा दिनु र पाउनु मात्रै  होला क्षणिक हिसाबले कसैलाई लाभ भएपनि जीवन बीमा क्षेत्रका लागि यो घातक भएको दोहोर्याउँदै अध्यक्ष अधिकारीले थपे, तथापी दीर्घकालीन र समग्र इण्डष्ट्रिको हिसाबले यो व्यवहारिक छैन र बीमाको सिद्धान्तसँग मान्य हुँदैन । मलाई लाग्छ प्राधिकरण यो (विषयको) निर्णयमा जाँदैछ र व्यवहारिकरुपमा त्यहाँबाट पनि केही निर्णय आउला,  बीमक संघ छ, हामीहरुसँग केही सरसल्लाह होला कस्तो खालको यस्तो जवाफ वा कार्यान्वयन कसरी गर्ने भन्ने विषय रहला ।

उनले अर्को एक प्रसङ्गमा पेशागत बीमा अभिकर्ता संघ नेपाल व्यवसायीक अभिकर्ताको हकहित र भविष्यको सवालमा कुनै पनि कञ्जुस्याइँ नगरी हि‌ंड्ने प्रतिबद्धता दोहोर्याए। पेशागत अभिकर्ताहरुलाई विश्वास दिलाउँदै उनले यो वर्गको अहित हुने गरी सेवा सुविधामा आँच आउने गरी संस्थागत निर्णयहरु भएमा संगठन मौन भएर नबस्ने आश्वासन समेत दिए ।

बीमा अभिकर्ताहरु देशभित्र पूँजी निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा प्रशंसा समेत गरे । उनले भने, व्यवसायीक हिसाबले १५ वर्ष पुरा गरेको नेपालको बीमा क्षेत्रमा ८ सय अर्बको बीमा कोष खडा गर्न तपाईहरुले योगदान दिनुभएको छ।

केही मनमुटाव भएका साथीहरूले विशेष अधिवेशनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको प्रसङ्ग जोड्दै उनले भने, भाग्यवश अदालतले अन्तरिम आदेश जारी गरेन र भोली तपाईहरु नयाँ नेतृत्व चयन गर्दै अदालत समक्ष उपस्थित हुने अवसर मिल्यो । उनले बन्द शत्रबाट सुझबुझका साथ सबल र सक्षम नेतृत्व चयन गर्न सुझाव दिए ।

कार्यक्रममा अभिकर्ताहरुको उपस्थिति उल्लेख्य रहेकोमा प्रशंसा गर्दै केन्द्रीय अध्यक्ष अधिकारीले भने, जहाँ व्यवसायीक पनको लगाम छ, त्यहाँ बीमाको विकास छ र व्यवसायीकताको पनि विकास छ भन्ने पुष्टी तपाईहरुले गर्नुभएको छ । उनले बाँकी १३ वटा जीवन कम्पनीलाई पनि यो तथ्य बुझ्न र आत्मसाथ गर्न अनुरोध गरे।

पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको जारी विशेष अधिवेशनले नयाँ कार्य समितिको चयन गर्नेछ । नेपाल लाइफमा अभिकर्ता संघको दुईवटा समानान्तर संगठन अस्तित्वमा आएपछि पेशागत अभिकर्ता संघ नेपाल केन्द्रीय समितिले विवाद समाधानका लागि विशेष अधिवेशन आयोजना गरेको हो । विशेष अधिवेशन अवैध भएको दाबी गर्दै अन्तरिम आदेशको माग सहित कृष्ण प्रसाद आचार्य नेतृत्वको समितिले पाटन उच्च अदालतमा पौष १८ गते रिट निवेदन दायर गरेको छ। अदालतले पौष २१ र २२ गते हुने तय भएको अधिवेशनका सम्बन्धमा विवादका लागि छलफल गर्न २२ गते दुबै पक्षलाई बोलाएको छ। अधिवेशन आयोजक समिति नयाँ नेतृत्व चयनपछि अदातल पुग्ने भएकाले रिट निवेदनको मुख्य माग नै सम्बोधन नहुने अवस्था देखिएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS