IME Life
Beema Board

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछन् ?

SPIL
NIC ASIA

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोली पुस २० गते बुकक्लोज गर्दैछन् । त्यसकारण आजसम्म नेप्सेका कारोबार भए कायम शेयरधनीहरुले यी कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा गर्दैछ ।

Prabhu
Crest

बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ बजे शुरु हुनेछ। सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS