IME Life
Beema Board

युनाइटेड मेवा खोलाले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ विक्री गर्ने भएको छ । जसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज सो सम्बन्धी डिल्लीबजार, काठमाडौंमा दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

Prabhu
Crest

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS