IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

SPIL
NIC ASIA

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका निलम्बित कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । मन्त्री परिषद् बैठकले असोज २४ गते बसौलाविरुद्ध छानबिनका लागि भन्दै तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

बसौलाको निलम्बनको अवधि पुरा हुन जम्मा १९ दिन बाँकी रहँदा सर्वोच्चले मन्त्री परिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । बसौलालाई निलम्बन गर्ने तयारीका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेको भन्दै असोज ४ गते ११ बुँदे स्पष्टीकरण सोधेका थिए । प्रतिकृयामा बसौलाले दिएको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै स्वास्थ्य मन्त्रालयको सिफारिशमा उनीविरुद्ध छानबिन गर्न तीन महिनाका लागि निलम्बन गरेको थियो । पदमा बहाल रहँदा बसौलाले आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने भएको कारण जनाउँदै मन्त्री परिषद्ले निलम्बनको निर्णय गरेको थियो । आफूलाई निलम्बन गर्ने निर्णय विरुद्ध डा‍. बसौलाले १७ कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Prabhu
Crest

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । बसौलाको निलम्बन पछि डा‍. मदन कुमार उपाध्यायले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी बहन गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

14%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS