IME Life
Beema Board

बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा बौधीमाई नगरपालिकामा बीमा अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८० /८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । पुस ५ गते रौतहट जिल्लाको बौधीमाई नगरपालिकासँग नगर कार्यपालिकाको सभा हलमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव, विशेष अतिथिको रुपमा नगर उपप्रमुख प्रमिला देवी, अतिथिको रुपमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव र विभिन्न वडाका वडाध्यक्षहरु ररहेका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, पालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु सहित ७० जना भन्दा बढीको सहभागीता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका कर्मचारी सागर आचार्यले दिएका थिए । प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयका बारेमा प्रस्तुतिकरण दिएका थिइन् ।

प्रस्तुतिकरण पश्वातको छलफल कार्यक्रममा सहभागीहरुबाट कृषी बीमा, पशु बीमा बारे जिज्ञासा राखेका थिए। सहभागीहरुले कृषि बीमा गर्ने प्रक्रिया, बीमा गर्दा आवश्यक कागजातहरु लगायतका विषयहरुमा प्रश्न राखेका थिए ।

कार्यक्रममा निर्जीवन बीमकका प्रतिनिधीले स्थानीय भाषामा समेत बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमका अतिथि बौधीमाई नगरपालिकाका वडा नं ५ का वडाध्यक्षज्यूले आगामी दिनहरुमा प्राधिकरण र पालिकाको साझेदारीमा गाउँ(गाउँ र टोलटोल सम्म यस्ता कार्यक्रम पुर्‍याई नागरिकहरुलाई बीमा बारे सचेत र सुरक्षित गर्न सुझाव दिएका थिए । केहि सहभागीहरुले दावी भुक्तानी प्रक्रियामा ढिलाई भएको गुनासो राखेका थिए।

कार्यक्रमका अतिथि बौधीमाई नगरपालिकाका वडा नं ४ का वडाध्यक्षज्यूले बीमा वास्तवमै अतिआवश्यक रहेको र कार्यक्रमबाट बीमाको महत्व बारे जानकारी प्राप्त भएको धारणा राखेका थिए ।

कार्यक्रमका विशेष अतिथि बौधीमाई नगरपालिकाका नगर उप(प्रमुखले घटनाबाट असिमित आर्थिक क्षति हुने हुँदा पहिले आफ्नो र आफ्नो परिवारको बीमा गर्न अनि आफ्नो सम्पत्तिको बीमा गर्न सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बौधीमाई नगरपालिकाका नगर प्रमुखले बीमाबाट सानो रकम तिरी ठूलो जोखिमको रक्षावरण हुने हुँदा सबैले आफ्नो जीवन र आफ्ना सम्पत्तीहरुको बीमा गर्नु पर्ने कुरामा जोड दिदै कृषकहरुको सुरक्षणका लागि बीमा आवश्यक रहेको हुँदा पालिकामा रहेका हरेक कृषकको जीवन स्तर उत्थान गर्न प्रत्येक कृषकको बाली, पशुपन्छीको बीमा गर्न पालिका तयार रहेको जानकारी दिए ।

पशुपन्छी बीमाको बीमाशुल्कमा सरकारले दिइरहेको ८० प्रतिशत अनुदानमा बाँकी २० प्रतिशत बीमाशुल्कमा पालिकाले थप ५० प्रतिशत अनुदान दिने समेत प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो। पालिकामा रहेका कुल जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नको संरक्षण र कृषि क्षेत्रलाई आकर्षक बनाउन बीमा राम्रो वकल्प रहेको धारणा राखे ।

साथै, वडाध्यक्षहरुलाई आफ्नो वडाहरुमा बीमा साक्षरता अभिवृद्धि गर्न कार्यक्रमबाटै निर्देशन दिनुका साथै, नगरपालिकाले विपन्न वर्गहरुलाई लक्षित गरी बीमा कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।

कृषि क्षेत्रमा आम मानिस आकर्षित नभएको, जसको लागि नीति बनेको हुन्छ त्यहाँ सम्म अझै नपुगेको र वास्तविक किसान बीमाबाट वञ्चित रहेको धारणा राखे ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले पालिकाले राहत, अनुदान र सहायतालाई बीमा मार्फत परिचालन गर्नु पर्ने र स्थानीय तहले बीमालाई आफ्नो सेवा प्रवाहसंग आवद्ध गर्नु पर्ने कुरा व्यक्त गरे । साथै, पालिकालाई आफ्ना भौतिक संरचना र विपन्न नागरिकहरुको बीमा गरिदिन र अन्य नागरिकहरुलाई बीमा गर्न जागरुक गराउन अनुरोध गर्दै उठेका अन्य प्रश्न एवं गुनासोहरुको जवाफ दिदै कार्यक्रम समापन गरिन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS