IME Life
Beema Board

एनसेल बिक्रीबारे छानबिन पुरा नभएसम्म स्वामित्व हस्तान्तरणको प्रकृया रोक्न सरकारलाई निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल एजियाटा लिमिटेडको शेयर खरिद बिक्री प्रकृयाबारे छानबिन पुरा नभएसम्म स्वामित्व हस्तान्तरण प्रकृया अघि नबढाउन सरकारलाई संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको म‌ंगलबारको बैठकले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री प्रकृया सम्बन्धमा छानबिन समितिले गरिरहेको छानबिन नसकिएसम्म शेयर स्वामित्व हस्तान्तरण प्रकृया अघि नबढाउन निर्देशन दिएको हो । यसैबीच बैठकले एनसेलले अहिलेसम्म लाभा‌ंशवापत कति रकम विदेश लग्यो भन्ने विवरण पेश गर्न केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

Prabhu
Crest

बैठकमा उपस्थित प्रधानमन्त्री  पुष्पकमल दाहालले एनसेलको शेयर स्वामित्व खरिद बिक्री छानबिन सम्पन्न भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम लिने पनि बताएका छन् । उनले एनसेलको ८० प्रतिशत शेयर न्यून मूल्याङ्कन भएको र कर छलीको विषय आम सञ्चारमाध्यममार्फत् सार्वजनिक भएपछि मात्र सरकारको जानकारीमा आएको बताए ।  दूरसञ्चार प्राधिकरणका अधिकारीकै सल्लाहमा एक महिनाको कार्यादेश दिएर छानबिन समिति गठन गरिएको बताउँदै प्रधानमन्त्री दाहालले छानबिन समितिबाट विदेशी लगानी ल्याउने र राजश्वमा पर्ने असरका विषयमा पनि सुझाव आउने बताए ।

बैठकमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेल खरिद बिक्रीबारे पछिल्लो समय सरकारी निकायले कुनै पनि प्रकृया शुरु नगरेको जानकारी दिइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS