IME Life
Beema Board

बिराटनगरमा एनएलजी इन्स्योरेन्सद्धारा कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले मंसिर २८देखि मंसिर ३० गतेसम्म कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो ।

उक्त तालिम कोशी प्रदेशको बिराटनगरमा संचालन गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम कोशी प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठको संयोजकत्वमा संचालन भएको हो । ५० जना प्रशिक्षार्थीहरुको सहभागी रहेको कार्यक्रममा बीमा प्राधिकरणले तयार गरेको बिषयमा प्रशिक्षण दिईएको हो ।

Prabhu
Crest

कार्यक्रममा खड्ग बहादुर श्रेष्ठ,सुभाष दाहाल, नवराज शाक्य ,नरेन्द्र भुजेल, दिनेश कुमार दाहाल, दिलिप कुमार दास, संजय माझी र धर्मानन्द मिश्रले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रम पश्चात अभिकर्ताहरुको परीक्षा समेत लिइएको थियो । तालिम पश्चातप्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । यस तालिम पश्चात ५० जना अभिकर्ताले गाउँ गाउँ सम्म बीमा सचेतना पुर्याउने र कृषकहरु लाभान्वित भई देश बिकाशमा सहयोग पुग्ने कुरा कार्यक्रम संयोजक खड्ग बहादुर श्रेष्ठले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS