IME Life
Beema Board

लाभांश पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चौंधौं वार्षिक साधारणसभा पुस २८ गते आह्वान गरेको छ । सभा अम्रपाली ब्याङकेट भाटभटेनीमा विहान १० बजे गर्ने जनाएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ७ दशमलव ५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छन् ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात) तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९ / ८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको बैठक भत्ता पुनरावलोकन गर्नेछ ।

सभाले उपरोक्त प्रस्तावहरु बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा सोही सम्बन्धमा नियमनकारी निकायबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

1702640538829

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS