IME Life
Beema Board

फरवार्ड माइक्रोफाइनान्समाथि नेप्सेको कारबाही, शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । लाभांश निर्णयसम्बन्धी जानकारी कारोबार समयमा पठाएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको छ।

नेप्सेको आजको निर्णयबाट फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। मंसिर २७ गते बुधबार बसेको सञ्चालक समितिले लाभांशसम्बन्धी गरेको निर्णय भोलिपल्ट मंसिर २८ गते कारोबार समयमा पठाएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो।

Prabhu
Crest

नेप्सेले लाभांशसम्बन्धी निर्णय ढिला गरी पठाउनुको कारणबाट स्पष्ट पार्न संस्थालाई निर्देशन दिएको छ।

फरवार्ड माइक्रोफाइनान्सको सञ्चालक समितिले आर्थिक वर्ष २०७९÷८०को वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो निर्णयसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS