IME Life
Beema Board

कुमारी बैंकद्वारा सम्पूर्ण ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५% कायम

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्नेछ । यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।

कुमारी बैंकले आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको हो । कुमारी बैंकले आफ्ना ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ । बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु-याउन बैंक सदैब तत्पर छ ।

Prabhu
Crest

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS