IME Life

महालक्ष्मी विकास बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति ?

SPIL
NIC ASIA

काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्।वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाइरहेको बेला विकास बैंकहरुले पनि घटाउन थालेका हुन्। यससँगै, महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको हो । बैंकले आज मंसिर २८ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले यसअघि साधारण बचत खातामा न्यूनतम ४ दशमलव ४० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ४० प्रतिशतसम्म ब्याजदर कयाम गर्दै आएकोमा अब साधारण बचत खातामा न्यूततम ४ दशमलव ३० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

Prabhu
Crest

त्यस्तै, बैंकले कल डिपोजिटमा २ दशमलव १५ प्रतिशत तथा महालक्ष्मी डलर सेभिङ्ग अकाउन्टमा ३ दशमलव २८ प्रतिशत ब्याजदर कायम गरेको हो । बैंकले मुद्दनि निक्षेपमा व्यक्तिगततर्फ ९ दशमलव ३० तथा संस्थागत तर्फ ७ दशमलव ३० र रेमिट्यान्स मुद्दतिमा १० दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

यसअघि गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS