IME Life

डिजिटल वालेटमा रु. ५ हजारको सीमाले धितो राखिएको जीवन बीमालेखको जफत बढ्यो

SPIL
NIC ASIA

बीमालेख धितो कर्जावापत बीमितले उपभोग गरेको रकमको साँवा र ब्याज डिजिटल मोबाइल वालेटमार्फत् सहजै भुक्तानी गर्न सकिने सुविधा केही जीवन बीमकले उपलब्ध गराएका छन्  । हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहे पनि सातवटा कम्पनीले मात्र यस्तो सुविधा डिजिटल वालेटमार्फत् उपलब्ध गराएका छन् ।

जीवन बीमालेखको धितोमा पाइने कर्जा एकदमै छोटो प्रकृया पुरा गरेर छोटो समयमै पाइने सबैभन्दा सहज कर्जा हो। आफूले केही वर्ष अघि किनेको बीमालेखको धितोमा कर्जा रकम पाइन्छ भन्ने जानकारी अझै पनि आम नागरिकमा हुन सकेको छैन ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार सावधिक प्रकृतिको बीमालेखमा तीन वर्षको बीमाशुल्क भुक्तानी भएको र बीमा गरेको तीन वर्ष पुरा भएको अवस्थामा बीमितले कर्जा सुविधा उपभोग गर्न पाउँछन् । एकल बीमाशुल्क भुक्तानी गरेर जारी गरिएको बीमालेखको धितोमा पनि तीन वर्षे समय सीमा लागू हुन्छ। कति रकम कर्जा पाइन्छ भन्ने चाहिँ बीमालेखको समर्पण मूल्यमा निर्भर हुन्छ। समर्पण मूल्यलाई बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम, बीमालेखको प्रकृती र कम्पनीको घोषित बोनश दरले सिधा प्रभाव पारेको हुन्छ।

बीमा कम्पनीहरुले अहिले १० देखि ११ प्रतिशत ब्याज दरमा बीमालेख कर्जा वितरण गरिरहेका छन् । यो ब्याज दरको आधारमा बीमितले ६-६ महिनाभित्र ब्याजको रकम भुक्तानी गरिसक्नुपर्छ, त्यसो नगर्दा ब्याजको रकम समेत साँवामा खप्टिएर साँवाको रकम अझै बढ्छ।

ईसेवा मार्फत् नेशनल लाईफ, आइएमइ लाईफ, नेपाल लाईफ, एशियन लाईफ, सन नेपाल लाईफ, सानिमा लाईफ, सूर्यज्योती लाईफ बीमा कम्पनीले कर्जाको भुक्तानी गर्ने सुविधा उपलब्ध गराएका छन् । यसैगरी खल्ती वालेटबाट एशियन लाईफको र आइएमइ पेबाट आइएमइ लाईफको बीमालेख कर्जाको साँवा र ब्याज रकम चुक्ता गर्न सकिने सुविधा उपलब्ध छ। अन्य जीवन बीमक र डिजिटल वालेट कम्पनीहरुले अझैसम्म यो सेवा शुरु गर्नेबारे चासो राखेका छैनन् ।

डिजिटल भुक्तानी जति सहज,उति असहजः

बीमालेख धितो कर्जावापतको रकम डिजिटल वालेटमार्फत् चुक्ता गर्न जति सहज छ, त्यति नै असहज पनि छ। बीमालेख धितो कर्जावापतको रकम उपभोग गर्ने बीमितले कम्तीमा ब्याजवापतको रकम पुरै चुक्ता गर्नुपर्छ, आ‌ंशिक रूपमा भुक्तानी गर्न मिल्दैन । धितोको कर्जावापको ब्याज रकम बीमा कम्पनीले दिनगन्तीका हिसाबले गणना गरेका हुन्छन् । साँवा रकम चाहिँ बीमालेख अवधिभित्र जहिले सुकै पनि पुरै वा किस्ता किस्तामा भुक्तानी गर्न सकिन्छ।

ब्याज गणनाका कारण बीमितले डिजिटल वालेटमार्फत् होस् वा बीमकको कार्यालयबाट होस् एक दिनमा एक पटक रकम भुक्तानी गरि सकेपछि २४ घण्टाभन्दा पहिले थप रकम भुक्तानी गर्न मिल्दैन ।

डिजिटल वालेटमार्फत् ५ हजार रुपैयाँभन्दा थोरै रकम भुक्तानी गर्न नमिल्ने प्रावधानले बीमालेख कर्जा उपभोग गरिरहेका बीमित पीडित हुनु परेको छ। जीवन बीमा कम्पनीको शाखा कार्यालयमै धाएर साँवा रकमको जति सुकै भुक्तानी गर्न सकिने सुविधा भएपनि डिजिटल वालेटमा न्यूनत्तम ५ हजार रुपैयाँको सीमाले बीमितलाई सुविधाभन्दा पनि असुविधा हुन पुगेको हो ।

जीवन बीमा कम्पनीहरुको तथ्या‌ंक हेर्ने हो भने एकल बीमाशुल्क भुक्तानी गरिएको ठूलो बीमा‌ंकको बीमालेख बाहेक अधिका‌ंश बीमालेख धितो कर्जा ५ देखि १० लाख रुपैयाँसम्मको बीमा‌ंकका लागि जारी गरिएको जीवन बीमालेखमा नै प्रवाह गरिएको छ। यसले बीमालेख धितोमा कर्जा उपभोग गर्नेहरुको बचत र क्रय क्षमता तुलनात्मक रुपमा कमजोर रहेको स‌ंकेत गर्छ। यस्ता बीमितका लागि एकमुष्ठ रकम जम्मा गरेर बीमाको वार्षिक किस्ता रकम र कर्जाको साँवा र ब्याज रकम जोहो गर्न सहज हुँदैन । यसले गर्दा कर्जाको ब्याज भार बढ्दै गएर बीमालेख धितो हुने क्रम पनि बढ्दै जान्छ। बीमालेख धितोमा प्रवाह गरेको कर्जाको ब्याज समयमै असुलउपर गर्न नसक्दा जीवन बीमक कहाँ जफत गरिएको बीमालेखको चाङ लाग्न थालेको छ।

ब्याज गणनाका हिसाबले एक दिनमा एक पटक मात्र बीमालेख कर्जाको ब्याज साँवा भुक्तानी गर्न सकिने सम्म ठीकै छ। तर दोश्रो दिन पुनः ५ हजार रुपैयाँभन्दा थोरै रकम भुक्तानी गर्नका लागि डिजिटल वालेटले रोक लगाई दिन्छ। यहाँ निर डिजिटल वालेट सुविधा भन्दा पनि असुविधा हो । ५ हजार रुपैयाँभन्दा थोरै रकम भुक्तानी गर्न नमिल्ने प्रावधानका कारण डिजिटल वालेट सेवा प्रदायकको कारोबार अ‌ंक एक पटकका लागि धेरै देखिए पनि जीवन बीमा कम्पनी र बीमित दुबैका लागि यो हानिकारक छ।

बीमितले आफ्नो सुविधा अनुसार दिन दिनै बीमालेख धितो कर्जावापतको साँवा र ब्याज रकम डिजिटल वालेटको प्रयोगमार्फत् गर्न सक्ने हो भने बीमालेख जफत हुने स‌ंभावनालाई शुन्यमा झार्न स‌ंभव बनाउन सकिन्छ। किनकी एकमुष्ठ साँवा र ब्याजवापतको रकम भुक्तानी गर्नका लागि बीमितले पर्याप्त बचत रकम व्यवस्था गर्न सहज नहुनसक्छ। तर दैनिकरुपमा हुने स सानो बचत रकमबाट बीमालेख धितो कर्जाको साँवा र ब्याज रकम दैनिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने स‌ंभावना तुलनात्मकरूपमा धेरै हुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS