IME Life

कानूनसँग जहिल्यै खेलवाड गर्न किन हौंसिन्छन् रमेश भट्टराई ?

SPIL
NIC ASIA

काठमाडौं । रमेश कुमार भट्टराई नेपालको जीवन बीमा क्षेत्रमा राम्रो कामले भन्दा पनि अस्वाभाविक गतिविधिका कारण जहिल्यै चर्चामा रहँदै आएका छन् । पछिल्लो समय अवैध नियुक्तको प्रसङ्गका कारण उनी चर्चामा आएका छन् ।

उच्च महत्वकांक्षा बोकेका भट्टराई लोभमा फँस्दा अहिले उनको करियर बीच बाटोमै अल्झिएको छ। उनीसँगै उनी जता गए उतै लाग्नेहरुको पनि करियर बिग्रिएको छ। जीवन बीमा व्यवसायको क्षेत्रमा भट्टराईको कार्यकाल विवादभन्दा बाहिर कहिल्यै पनि रहेन । उनको आगमन विवाद रहित अवस्थामा भएपनि जीवन बीमा व्यवसायमा उनको यात्रा सदैव विवादको घेरा भित्रै रहेको छ । अति महत्वकांक्षासँगै अहम् भाव र पैसाको लोभले नै उनलाई सफलताको यात्रामा अगाडी बढ्न नदिएर बीच बाटोमै पछारि दिने गरेको छ। यस्तो उनीसँग एक पटक मात्र नभएर पटक पटक भएको छ।

Prabhu
Crest

महालक्ष्मी लाइफलाई पाँच वर्षभित्र नेपालको नम्बर वान जीवन बीमा कम्पनी बनाउने सार्वजनिक उद्घोष गरेका उनी पाँच वर्ष पनि महालक्ष्मी लाइफ(हाल प्रभू महालक्ष्मी)  मा टिक्न सकेनन् । कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफलाई पुग नपुग पाँच वर्षसम्म लिड गरेपनि उनले छोडेर जाँदासम्म निजी क्षेत्र प्रवर्द्धित जीवन बीमकमध्ये पुछारमै रहेको छ । अहिले आएर जीवन बीमा कम्पनीलाई नम्बर  बनाउन समय लाग्ने तर्क गरे पनि भट्टराईले नम्बर वन बनाउने आधार समेत तयार पार्न सकेनन्, न त व्यापारका हिसाबले न त अभिकर्ता सञ्जालका हिसाबले, न त नाफाका हिसाबले, न त बीमा कोषका हिसाबले ।

पहिलो नेपाली सीईओ देखि पहिलो बदनाम सीईओ सम्मः

जीवन बीमा व्यवसायमा उनको यात्रा नेपाल लाइफ इन्स्योरेन्सबाट शुरु भएको थियो । उनलाई त्रिवेणी ग्रुपले विश्वास गरेर महालक्ष्मी फाइनान्स लिमिटेडको सीईओबाट नेपाल लाइफको सीईओ पदमा भित्र्याएको थियो । नेपाल लाइफमा पहिलो ‘नेपाली नागरिक’ सीईओको जिम्मेवारी पाउने शौभाग्य पाएका भट्टराई त्यहाँ धेरै समय टिक्न सकेनन् । अहम् भाव र सञ्चालकसँगको खटपटले उनी जीवन बीमा कम्पनी खोल्छु भन्ने महत्वका‌ंक्षा बोकेर चार वर्षे कार्यकाल पुरा नहुँदै बाहिरिए।

आफू नेपाल लाइफमा रहँदा उनले बीस प्रतिशत लाभांश वितरण गरे । बीमा कम्पनी सञ्चालनमा आएको पाँच वर्ष पुरा भएपछि मात्र लाभांश वितरण गर्न पाउने प्रावधानका कारण सञ्चित मुनाफाबाट उनको कार्यकालमा लाभांश वितरणको बाटो खुलेको थियो । तर उनले चर्चा चलाए,  ‘नेपाली सीईओले उत्कृष्ट व्यवस्थापन गरेर छोटो समयमै शेयरधनीलाई लाभांश बाँड्न सफल भयो ।’ वास्तवमा भट्टराईले सञ्चित मुनाफाबाट लाभा‌ंश वितरण गरेका थिए, आफ्नो कार्यकाल अवधिभित्र कमाएको पैसाबाट होइन ।

असमयमै नेपाल लाइफबाट बाहिरिएपछि उनले तत्कालीन बीमा समितिको अध्यक्ष ड‍ा‍. फत्त बहादुर केसी स्वदेश बाहिर रहेको मौका छोप्दै निमित्त प्रमुख मार्फत् एशियन लाइफ इन्स्योरेन्सका लागि जीवन बीमा व्यवसाय कारोबार सञ्चालनको आशय पत्र हात पारेका थिए । २०६४ साल फागुनमा इजाजत पाएको एशियन लाइफको कारोबार २०६४ को चैत २१ गतेबाट नै शुरु भयो । सबै ठीकठाकै चलि रहेका बेला भट्टराईले आर्थिक वर्ष २०६६/६७ को साधारण सभाबाट नगद लाभांश वितरणको एजेण्डा पारित गराए। नियामक बीमा समितिले नगद लाभांश वितरण नगर्न र पूँजीकरण गर्न दिएको निर्देशन बेवास्ता गरे र नगद लाभांश बाँडे । त्यहाँ फेरी उनले नियामकसँग लफडा शुरु गरे ।

के थियो डा‍‍. केसी सँगको विवादः

एशियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारी बीमालेखको बिक्रीवापत प्राप्त गरेको आम्दानीलाई शेयरधनीहरुबीच नगद लाभा‌ंश वितरण गर्दै भट्टराई वाहवाही कमाउन चाहन्थे । वाहवाहीसँगै आफ्नो तलबसुविधाको प्याकेज पनि बढाउने उनको दाऊँ थियो । जीवन बीमा कम्पनी सञ्चालनमा आएको तीन वर्ष पनि पुरा नहुँदै ३० प्रतिशत नगद लाभा‌ंश वितरण गरेर उत्कृष्ट सिइओको रुपमा चर्चा कमाउने लालसाले भट्टराईलाई नियामकको तारो बनाएको थियो ।

नीतिगतरुपमा अडिग रहने स्वभावका बौद्धिक व्यक्तित्व डा‍‍. फत्त बहादुर केसीको नेतृत्वमा रहेको बीमा समितिको सञ्चालक समितिले नगद लाभा‌ंश वितरण नगर्न दिएको निर्देशनलाई भट्टराईले टेरेनन् । सावधिक बीमाको होइन, वैदेशिक रोजगारको कमाई त हो नि, वर्षदिन पुरा भएपछि दायीत्व सकिन्छ, बाँड्न मिल्छ भन्दै सञ्चालक समितिलाई विश्वासमा लिए । वीरगञ्जको होटल भिशुवामा भएको वार्षिक साधारण सभाबाट एजेण्डा पारित गरेर धमाधम नगद लाभांश बाँडे ।

निर्देशनको अवज्ञा गरेको भन्दै वितरित लाभांश फिर्ता नलिए कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएपछि भट्टराई प्रबन्ध सञ्चालक पदबाट राजीनामा दिएर बाहिरिन बाध्य भए । भट्टराईको सिफारिशमा तत्कालीन सञ्चालक समितिले वैदेशिक रोजगारी बीमाबाट बचत भएको रकममध्ये लाभांशका रुपमा १० करोड १३ लाख ४० हजार रुपैयाँ नगद लाभा‌ंश वितरणको निर्णय गरेको थियो ।

भट्टराई एशियन लाइफको प्रबन्ध सञ्चालक पदबाट राजीनामा दिएर आफू कानूनी कारवाहीमा पर्नबाट उम्किए । तर नियामकले एशियन लाइफ इन्स्योरेन्सको कारोबारमा रोक लगाई दियो । जसका कारण एशियन लाइफले बीमा व्यापार बिस्तारमा स्वाभाविक गति लिन सकेन । त्यति बेलाको ‘ब्याक गियर’ बाट कम्पनीलाई ‘फरवार्ड गियर’ मा ल्याउन एशियन लाइफको नयाँ सीईओलाई अर्को पाँच वर्ष लाग्यो ।

पछिल्लो समयमा साबिक महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत पदमा रहँदा समेत भट्टराईले कानूनसँग खेलवाड गर्न छाडेनन् । नेपाल बीमा प्राधिकरणको निर्देशनलाई अवज्ञा गर्दै पुनः एक दशक अघिको गल्ती दोहोर्याए । महालक्ष्मी लाइफको जीवन बीमा कोषको रकम झिकेर कर्मचारी बोनश बाँडे, बीमितसँग बेइमानी गर्दै आफूले पनि बोनश कुम्ल्याए । यो उनी आफैंले दाबी गर्ने व्यक्तित्वबाट अपेक्षित हर्कत भने अवश्य पनि थिएन।

तेश्रो पटक पनि अधुरै रह्यो कार्यकालः

कानूनका विद्यार्थी समेत रहेका भट्टराईले कानूनसँगै खेलवाड गर्दा तेश्रो पटक उनी जीवन बीमा कम्पनीको सीईओ पदको कार्यकाल पुरा नगर्दै बाहिरिनुपरेको छ। यसअघि उनी नेपाल लाइफबाट चार वर्षे कार्यकाल पुरा हुनु अगावै राजीनामा दिएर एशियन लाइफ इन्स्योरेन्सको प्रबन्ध सञ्चालकको जिम्मेवारी लिएका थिए । एशियन लाइफमा  रहँदा तत्कालीन बीमा समितिका अध्यक्ष डा‌. फत्तबहादुर केसीलाई चुनौती दिए पछि कानूनी कारवाहीमा पर्ने डरले कार्यकाल पुरा नहुँदै राजीनामा गरेर बाहिरिनु परेको थियो । उनले बीमा क्षेत्रमा आफ्नो व्यवसायीक यात्रामा हालसम्म साबिक महालक्ष्मी लाइफ इन्स्योरेन्समा मात्र चार वर्षे कार्यकाल पुरा गर्ने अवसर पाएका छन् ।

भट्टराईले कानूनसँग खेलवाड गर्ने क्रम जारी राख्दै पछिल्लो समयमा बीमा ऐन २०७९ को प्रावधान विपरित नयाँ सञ्चालक समिति नियुक्त नहुँदै प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्समा आफ्नो नियुक्ति सुनिश्चित गर्न तम्सिए । नियुक्ति सुनिश्चित गर्न सफल पनि भए । तर दुर्भाग्य त्यही कानूनले उनलाई लखेट्यो । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्समा मुश्किलले ७ महिना पनि सीईओ पदमा टिक्न पाएनन् । यहाँ पनि उनी कानूनी कारवाहीमा पर्ने र आफूले उपभोग गरेको सबै सेवा सुविधा तलब भत्ता सहितको रकम फिर्ता गर्नुपर्ने भएपछि बाहिरिन बाध्य भए ।

बीमा ऐन २०७९ को अर्को एक प्रावधान अनुसार पनि भट्टराई प्रथम् दृष्टीमै प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ हुन अयोग्य थिए । उनको विवाहिता छोरी ऋचा भट्टराईको नाममा संस्थापक शेयर हुनु नै ”स्वार्थ बाझिने” कारणले भट्टराईको अयोग्यता ठहर गर्न पर्याप्त थियो ।

भट्टराईको कथित सफलताका किस्साहरु आम सञ्चारमा पर्याप्त प्रकाशन भएका छन् । अब प्रभू महालक्ष्मी लाइफको किस्सा समेत जोडिएपछि उनको असफलताका कथाहरु पनि क्रमशः सार्वजनिक चासोको विषय बन्दै जाला ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS