IME Life
Beema Board

नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि मंसिर २८ गते बुक क्लोज गर्दैछन्। यसको आजसम्म कायम शेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Prabhu
Crest

नेपाल इन्स्योरेन्सले ७५ औँ वार्षिक साधारणसभाबाट आउँदो पुस १३ गते डाकेको छ। सभा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

यसैगरी मितेरी डेभलपमेन्ट बैंकको १८ औँ वार्षिक साधारणसभाबा आउँदो पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS