IME Life
Beema Board

विकास बैंकहरुले पनि घटाउन थाले ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्।

वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाइरहेको बेला विकास बैंकहरुले पनि घटाउन थालेका हुन्। गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले आज मंसिर २७ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन्।

Prabhu
Crest

गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.४ प्रतिशत र संस्थागतको ७.४ प्रतिशतमा झारेको छ। यसअघि मंसिर १ गतेदेखि लागू हुने गरी गरिमाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.७५ प्रतिशत र संस्थागतको ७.७५ प्रतिशत कायम गरेको थियो। गरिमाले ०.३५ प्रतिशतको विन्दुले ब्याजदर घटाएको छ।

गरिमाले कल निक्षेपको अधिकतम ब्याजदर पनि २.३७५ प्रतिशतबाट घटाएर २.२ प्रतिशतमा र सामान्य बचतको अधिकतम ब्याजदर ७.७५ प्रतिशतबाट घटाएर ७.४ प्रतिशतमा झारेको छ।

यसैगरी सांग्रिलाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १०.६० प्रतिशतबाट घटाएर ९.५५ प्रतिशतमा र संस्थागतको ८.६० प्रतिशतबाट घटाएर ७.५५ प्रतिशतमा झारेको छ। यो बैंकले १.०५ प्रतिशतको विन्दुले ब्याजदर घटाएको छ।

सांग्रिलाले कल निक्षेपको अधिकतम ब्याजदर २.८ प्रतिशतबाट घटाएर २.४ प्रतिशत र सामान्य बचतको अधिकतम ब्याजदर ८.६ प्रतिशतबाट घटाएर ७.८ प्रतिशत कायम गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS