IME Life
Beema Board

प्रभु बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सेवामा विशेष छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । काटमाडौं चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक संक्षिप्त कार्यक्रममा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ओम अस्पतालले तीन दशक अधिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

निःसन्तान दम्पतिहरुलाई दाम्पत्य सुख प्रदान गर्ने आइभिएफ सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत शुल्क सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ओम अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि वित्तिय संस्था प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले ७२ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, २७० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सेवा सुबिधा प्रदान गर्दै आइरहेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा तथा ओम हस्पिटलका व्यापार प्रवर्दधन व्यवस्थापक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS