काठमाडौं । नेपालकाे बीमा क्षेत्रलाई मार्ग दर्शन गर्ने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेकाे छ । मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको हो ।
नीतिमा समावेश गरिएका मुख्य उद्देश्यहरुः
सीमान्तकृत वर्गमा जाने
आधुनिक प्रविधि ल्याउने
प्रभावकारी नियमन गर्ने
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलाउने
बीमालाई प्रविधि मैत्री बनाउने
बीमाकाे जागरण गराउने
स्वास्थ्य उपचारमा आम पहुँच विस्तार गर्न र सर्वसाधारणलाई स्वास्थ्य उपचार खर्चकाे भारबाट मुक्त बनाउनका लागि पहिलाे पटक राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ जारी गरिएकाे थियाे ।