IME Life
Beema Board

गुगलले ल्यायो विश्वकै सबैभन्दा स्मार्ट एआई, मानिसले जस्तै सोच्छ, निकाल्नेछ समस्याको समाधान

SPIL
NIC ASIA

काठमाडौं । मार्भलको फिल्ममा जस्तै सन् २०२३ मा पनि राम्रो र नराम्रो एआईमा विश्वभर धेरै बहस भएको थियो। यो बहस गुगलको नयाँ उत्पादनपछि अझ बढ्न सक्छ। ओपनएआईको च्याटजीपीपछि गुगलले यस वर्षको सुरुमा आफ्नो एआई टुल बार्ड लन्च गर्यो। यद्यपि, गुगलले एआईका लागि नयाँ दौड सुरु गरेको छ।

कम्पनीले आफ्नो नयाँ एआई टुल जेमिनी लन्च गरेको छ। जसले एलएलएम अर्थात् लार्ज ल्याङ्वेज मोड्युलमा काम गर्छ। गुगलले जुनमा भएको आई÷ओ डेभलपर्स कन्फ्रेन्समा यो टुलको टिज सार्वजनिक गरेको थियो।

Prabhu
Crest

नयाँ टुल लन्च गर्दै गुगल डिपमाइन्डका सीईओ डेमिस हसबिसले भने, ‘यो एआई मोडेलको विकासमा ठूलो कदम हो, जसले सबै गुगल उत्पादनलाई असर गर्नेछ। यसको मतलब हामी सबै गुगल प्रडक्टमा जेमिनीको प्रभाव देख्नेछौँ।’

कम्पनीले गुगल जेमिनीलाई तीन भेटिएन्टमा लन्च गरेको छ। यसको सबैभन्दा सानो भेटिएन्ट नानो हो। जसमा एन्ड्रोइड उपकरणहरुमा अफलाइन पनि काम गर्ने क्षमता छ। त्यहाँ यसको राम्रो भर्जन छ, जसलाई जेमिनी प्रो भनिन्छ। प्रयोगकर्ताले चाँडै नै गुगलको सबै एआई सेवामा यो देख्न सक्नेछन्।

प्रयोगकर्ताले यसलाई बार्डमा प्रयोग गर्न सक्नेछन्। यी सबैको माथि गुगल जेमिनी अल्ट्रा आउँछ। जुन कल्पना गर्न सकिने सबै एआई क्षमताले सुसज्जित छ। यो गुगलको सबैभन्दा शक्तिशाली एआई उपकरण हो। जुन मानवजस्तै क्षमतासँग आउँछ। यो डाटा सेन्टर र एन्टरप्राइसेस एप्लिकेसनका लागि डिजाइन गरिएको हो।

गुगलले यो सुविधा रिलिज गर्न सुरु गरेको छ। प्रयोगकर्ताले यसलाई सबै प्लेटफर्ममा पहुँच गर्न सक्नेछन्। जेमिनी अल्ट्रा हाल सीमित संख्यामा मानिसका लागि उपलब्ध छ किनभने यसको सुरक्षाहरु जाँच अझै पूरा भएका छैनन्। जहाँ प्रयोगकर्ता बार्डमा जेमिनी प्रो प्रयोग गर्न सक्नेछन्। यो बार्डसँग इन्टिग्रेड गरिउको छ। गुगल पिक्सेल ८ प्रोमा नानो भर्जनका केही सुविधाहरु जारी गरिएको छ।

जेमिनी प्रो प्रयोग गर्न प्रयोगकर्ताले बार्डको आधिकारिक वेबसाइटमा जानुपर्छ। त्यहाँ प्रयोगकर्ताले आफ्नो मौजुदा गुगल अकाउन्टबाट लगइन गर्नुपर्नेछ। प्रयोगकर्ताले यसलाई आफ्नो गुगल अकाउन्टमा लगइन नगरीकन प्रयोग गर्न सक्दैनन्। लगइन गरेपछि प्रयोगकर्ताले जेमिनी प्रोका सुविधाहरु प्रयोग गर्न सक्नेछन्।

जेमिनी एउटा मल्टिमोडल टुल हो। यसको मतलब यो सूचना दिनमा मात्र सीमित छैन। यसले टेक्स्ट, कोड, अडियो, इमेज र भिडियो बुझ्न र सञ्चालन गर्न सक्छ। गुगलले यसको एक भिडियो पनि जारी गरेको छ, जसमा जेमिनीले एउटा पेपरमा लगातार भइरहेको क्रिएटिभिटी हेरेर जबाफ दिन्छ।

उदाहरणका लागि यो एआईले खाली कागजलाई खाली कागजका रुपमा, रेखाहरुलाई रेखाहरुका रुपमा र ती रेखाहरुबाट बनेको कुनै पनि चित्रलाई चित्रका रुपमा हेर्छ र प्रयोगकर्तालाई यसबारे बताउँछ। यसको मद्दतले गणित र तर्कका सबै समस्या पनि समाधान गर्न सकिन्छ।

गुगलले जेमिनी अल्ट्रा पहिलो मोडल हो। जसले विशेषज्ञ मानिसजस्तै काम गर्न सक्ने दाबी गरेको छ। धेरै अवस्थामा यो एआई उपकरणले मानिसभन्दा राम्रो प्रदर्शन गर्दछ। जेमिनी एआईले ठूलो मल्टिटास्क ल्याङ्ग्वेज अन्डरस्ट्यानिडङमा मानिसभन्दा राम्रो प्रदर्शन गर्छ। यसमा गणित, भौतिकशास्त्र, इतिहास, कानुन, चिकित्सा र नैतिकताजस्ता ५७ विषय समावेश छन्। यतिमात्र होइन यसले कोडिङ पनि गर्न सक्छ। –एजेन्सीको सहयोगमा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS