IME Life
Beema Board

अर्थतन्त्र सुधारतर्फ उन्मुख त छ तर दबाबमुक्त भइसकेको छैनः प्रधानमन्त्री

SPIL
NIC ASIA

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारतर्फ उन्मुख रहेको बताएका छन्।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा बुधबार भएको नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तर्क्रियामा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘अर्थतन्त्र सुधारतर्फ उन्मुख त छ तर दबाबमुक्त भइसकेको छैन’, उनले भने।

Prabhu
Crest

सेवामा सुधार देखेनन् भने जनतालाई फिलोसोफी र आइडोलोजीको मतलब नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो। ‘सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्दछन्’, उनले भने, ‘त्यही सन्तुष्टि र असन्तुष्टिमा राजनीतिक चलखेल हुने गर्दछ।’

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि पूरै प्रयास जारी राखेको पनि प्रधानमन्त्री दाहालले बताए। ‘तर, जनता पूरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन्’, उनले भने, ‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। तपाइँहरु खुलेर छलफल गर्नुस्। रणनीतिक र तत्कालीन रुपमा गर्ने कामको ठोस कार्यसुची तयार गर्नोस्।’

‘मलाई लाग्छ हाम्रो देशको ब्युरोक्रेसी संसारकै अब्बल छ, व्यवसायिक छ, दक्ष र अनुभवी छ तर परिणाम निकाल्ने कुरामा राजनीतिक नेतृत्व र ब्युरोक्रेसीबीचमा कहीँ न कहीँ अझै तादाम्यता मिलेको छैन’, दाहालले भने, ‘त्यसलाई कसरी हल गर्ने ब्युरोक्रेसीको पूर्व र वर्तमान नेतृत्वले छलफल गरी निष्कर्ष पेश गर्नुहुनेछ।’

‘हामी १५ औँ योजनाको समीक्षा र १६ औँ योजनाको तयारीको समयमा छौँ’, उनले भने, ‘आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा छौँ। यो मौलिक कार्यक्रमले त्यसका लागि सरकारलाई मद्दत गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS