IME Life
Beema Board

लघुबीमा व्यवसायबाट ४ महिनामा निर्जीवन बीमा कम्पनीहरुले कलेक्सन गरे करिब साढे २ करोड प्रिमियम, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना कात्तिकसम्म निर्जीवन बीमा कम्पनीहरुले लघुबीमा व्यवसायबाट करिब साढे २ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो ४ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १० हजार ५८८ लघु बीमालेख जारी गर्दै २ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सर्वाधिक १ करोड ६ लाख रुपैयाँ लघुबीमा व्यवसायबाट कुल बीमाशुल्क आर्जन गरेको छ। प्रोटेक्टिभले यस अवधिसम्म २ हजार २४५ वटा लघुबीमा पोलिसी बेचेको छ।

Prabhu
Crest

यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले कात्तिकसम्म ३ हजार ४०५ वटा पोलिसी बिक्री गरी कुल ६१ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

नेको इन्स्योरेन्सले पनि कात्तिकसम्म २ हजार १९१ बीमालेख जारी गर्दै ४७ लाख ९९ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। यो अवधिसम्म लघुबीमा व्यवसायबाट प्रभु इन्स्योरेन्सले ८ लाख ५८ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियरले ५ लाख ३ हजार रुपैयाँ, शिखर इन्स्योरेन्स ३ लाख ६२ हजार रुपैयाँ र सानिमा जीआईसीले ३ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी लघुबीमा व्यवसायबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ करोड ६१ लाख रुपैयाँ, युनाइेट अजोड इन्स्योरेन्सले १ लाख ४२ हजार रुपैयाँ, हिमालयन एभरेस्टले ६४ हजार रुपैयाँ, ओरिएन्टलले ३० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS