IME Life
Beema Board

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्नेे सुविधा

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले कियोस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन्।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समयअनुकूल पारी कार्यालय समयबाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिए।

Prabhu
Crest

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँबानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट तथा उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS