IME Life
GBIME

अधिक तरलता व्यवस्थापनमा आक्रामक बन्दै राष्ट्र बैंक, बैंकिङ प्रणालीबाट भोलि फेरि १० अर्ब तान्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक आक्रामक ढंगले अगाडि बढिरहेको छ। यसका लागि केन्द्रीय बैंकले मंसिर महिनामा पाँचौँपटक फेरि बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट भोलि बुधबार फेरि १० अर्ब रुपैयाँ तान्न लागेको हो। योसहित मंसिर महिनाको अहिलेसम्म पाँचौँपटक निक्षेप संकलन उपकरण प्रयोग गरी अधिक तरलता व्यवस्थापन गर्न लागेको छ।

Crest

यो निक्षेप संकलन उपकरणको बोलकबोल भोलि दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको मंसिर २७ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।

यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोगरी मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS