IME Life
Beema Board

व्यापार खुम्चिन थालेपछि एनसेलबाट बाहिरिँदै आजियाटा, सबै शेयर बेच्ने घोषणा

SPIL
NIC ASIA

काठमाण्डौ । लगातार व्यापार खस्किन थालेपछि आजियाटा समूह एनसेलबाट बाहिरिने भएको छ। यसका लागि आजियाटाले एनसेलमा रहेको सम्पूर्ण शेयर बेच्ने घोषणा पनि गरेको छ।

आजियाटाको बोर्ड बैठकले एनसेलबाट लगानी झिकेर बाहिरिने निर्णय गरेको हो। नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण रहेको आजियाटा समूहले ठहर गरेको छ। पछिल्लो ४ आर्थिक वर्षमा एनसेलको व्यापार ओरालो लागेको छ। यही कारणले पनि आजियाटा समूह एनसेलबाट बाहिरने निर्णयमा पुगेको हो।

Prabhu
Crest

आजियाटा समूह ७ वर्षअघि अजियाटा एनसेलमा प्रवेश गरेको थियो। उसले एनसेलमा रहेको स्विडिस कम्पनी टेलिया सोनेराको ८० प्रतिशत शेयर किनेको थियो। एनसेलमा बाँकी २० प्रतिशत हिस्सा सुनिभेरा क्यापिटल भेन्चरको रहेको छ।

आजियाताले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बेच्ने निर्णय गरेको छ। शेयर बिक्री प्रक्रिया अगाडि बढाउने आजियाटाको बोर्ड बैठकले निर्णय गरेको छ।

आजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको शेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ। एनसेलको शेयर बेच्ने निर्णयले आजियाटा थप मजबुत हुने बोर्डले निष्कर्ष निकालेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS