IME Life
Beema Board

कार्तिकसम्ममा तीन माइक्रो लाइफले संकलन गरे ४८ लाख बीमा शुल्क, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ४८ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफले कार्तिक महिनासम्ममा २८ सय ८० वटा बीमा पोलिसी विक्री गरी २७ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ । कम्पनी कार्तिक महिनामा मात्रै ११ सय ३९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २२ सय ३५ वटा बीमा पोलिसी विक्री गरी २० लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै १२ सय ४५ वटा बीमा पोलिसी विक्री गरी ८ लाख ९७ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कार्तिक महिनासम्ममा ६३ वटा बीमा पोलिसी विक्री गरी ७२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS