Connect IPS
IME Life

प्रथम त्रैमास: नेको इन्स्योरेन्सको नाफा १४९ प्रतिशतले बढ्दा अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

२ अर्ब १ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महा विपत्ती कोषमा १० करोड ५७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको संचिती जगेडा कोषमा ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब ८१ करोड रहेको छ । कम्पनीको बीमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क बढी हो ।

यस अवधिसम्ममा कम्पनीले ३३ करोड २७ लाख पुनर्बीमा मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ४३ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको पुनर्बीमा मार्फत रकम घटेको हो ।

यस अवधिमा कम्पनीले ४३ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन सामान्य बढेको हो ।

यस अवधिमा कम्पनीले ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १४९ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ५० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २११ रुपैयाँ ७१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS