IME Life

अहिलेसम्म हिमालयन रिइन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले निष्काशन गरेको आइपीओमा हालसम्म १३ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर ७ गते साँझ ५ः०७ बजेसम्म १३ हजार २९१ जनाले २३ करोड ९३ लाख ३२ हजार ८६० रुपैयाँबराबरको ११ लाख ६१ हजार ८१० कित्ता लागि आवेदन दिएका हुन् ।

कम्पनीले मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

Prabhu
Crest

सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको हो । २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई,५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ विक्री पछि अब यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ । उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ । उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर ४ गतेदेखि मंसिर १८ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो । बोर्डले कार्तिक १ गते अनुमति दिएको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ । यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले आवेदन दिँदा हिमालयन रिइन्स्योरेन्सको महाराजगञ्ज काठमाडौं, एनएमबि क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कायाृलय तथा सिडिएसीबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर र सी आस्वा मार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS