IME Life

एनआईसी एशिया ग्रोथ फण्ड-२ मा आवेदन दिने म्याद लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्कासन गरेको एनआईसी एशिया ग्रोथ फण्ड–२मा खरिद आवेदन दिने म्याद लम्बिएको छ।

यो योजनाका इकाइहरु गत मंसिर ४ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा आज मंसिर ७ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, मागबमोजिम खरिद आवेदन नपरेका कारण यो योजनाको निष्कासन अवधि बढाउनुपरेको क्यापिटलले जनाएको छ।

Prabhu
Crest

अब यो योजनामा मंसिर १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। उक्त अवधिभन्दा अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन पूर्वसूचना दिएर निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको छ। निष्काशन गरिएको कुल इकाइमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ।

यो योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिन पर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
सात वर्षे अवधिको यस योजनाका इकाइ खरिदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजना हो।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाइ खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँट गर्न सकिनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS