IME Life
Beema Board

टिकटक चलाउनका लागि भिपिएन र डिएनएस प्रयोग नगर्न साइबर ब्यूरोको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । साइबर ब्यूरोले सामाजिक सञ्जाल टिकटक चलाउनका लागि भिपिएन र डिएनएस प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले टिकटक चलाउन प्रतिबन्ध लगाएसँगै पछिल्लो समय सामाजिक सञ्जाल टिकटक चलाउनका लागि भिपिएन डाउनलोड गर्ने र डिएनएस प्रयोग गरी टिकटक चलाउने प्रयोगकर्ता बढेका छन् । सोही सम्बन्धमा प्रविधिको दुरुपयोग भएको भन्दै यस्ता प्रविधिहरु प्रयोग नगर्न साइबर ब्यूरोले सबैलाई आग्रह गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिष्दको बैठकले कात्तिक २७ गते, टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी हाल टिकटक भिपीएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालन भइरहेको समेत प्रहरीले जनाएको छ ।

Prabhu
Crest

भिपीएन र डिएनएस प्रयोग गर्दा प्रयोगकर्ताको डिभाइमा रहेका महत्वपूर्ण डाटा, बैंकिंग विवरणहरुको समेत पहँच पुर्याइ चोरी भएको र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको छ । त्यसकारण पनि भिपीएन र डिएनएस नचलाउन आग्रह गरेको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS