IME Life

हालसम्म ९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म ९ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले आफ्नो गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । अब ११ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । बाँकी बैंकहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् ।

लाभांश घोषणा गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंक हुन् ।

Prabhu
Crest

एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले बुक क्लोज मिति तय गरेको छैन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २४ गते सभा आब्हान गरेको छ । बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २८ गते सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरी नेपाल एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कुलमध्ये ३.७५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) दिने भएको छ ।

बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । चालु आर्थिक वर्ष सुरु भएसँगै सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् ।

यी लाभांश घोषणा गरेका बैंकहरुमध्ये ६ बैंकहरुले भने लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् भने कतिपयले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । स्ट्याण्डर्ट चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकले भने बुक क्लोज र साधारण सभाको मिति तय गरिसकेका छन् । नेपाल एसबिआई बैंकको भने बुक क्लोज मिति तय हुन बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS