IME Life

सानिमा रिलायन्स लाइफको कुल बीमा शुल्क डेढ अर्ब, बीमा कोषमा पौने १२ अर्ब

SPIL
NIC ASIA

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा १२८ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ११ करोड ८ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १६० दशमलव १६ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत १५ करोड १२ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड २० लाख खर्च गरेको थियो ।

४ अर्ब १८ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफामा ८२ करोड ४६ लाख संचित गरेको छ । त्यस्तै अन्य इक्वीटी १ करोड ९९ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ८ दशमलव ३१ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ८२ करोड पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष १० अर्ब ९१ करोड थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS