IME Life
Beema Board

मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक महिनाको अन्तिम दिन आज बैंकहरुले सूचना प्रकाशित गर्दै मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेका हुन् । कात्तिक महिनामा ९.९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, मंसिर महिनामा ०.३३१ प्रतिशतविन्दु घटेर ९.६३२ प्रतिशतमा झरेको छ । त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.३०६६ प्रतिशतविन्दु घटेर ७.५४६ प्रतिशतमा झरेको छ ।

२० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् , ६ वाणिज्य बैंकहरु नेपाल बैंक, सिटिजन बैंक, सिद्धार्थ, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने एक माछापुच्छ्रे बैंकले मात्रै ब्याजदर बढाएको छ । बैंकले मंसिर महिनामा लागि लागि व्यक्तिगततर्फ १० दशमलव ६०३ कायम गरेको छ भने संस्थागत तर्फ ८.६०३ प्रतिशत कायम गरेको छ ।

Prabhu
Crest

मंसिरका लागि नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ९ दशमलव २२४ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव २२४ प्रतिशत, सिटिजनले व्यक्तिगत तर्फ ९ दशलमव ९५ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ९९ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ९९, लक्ष्मी सनराइज बैंकले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत, कुमारी बैंकले व्यक्तिगत तर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ०१ प्रतिशत र प्राइम कमर्सियल बैंकले व्यक्तिगत तर्फ १० दशमलव २५ प्रतिशत र संस्थागत तर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

मंसिरका लागि सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले कात्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशतविन्दुले घटाएको छ । बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ । एनएमबि बैंक लिमिटेडले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ ।

त्यस्तै, एभरेष्ट बैंक, प्रभु बैंक , सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर महिनामा व्यक्तिगत निक्षेप तर्फ ८ दशमलव ९७ प्रतिशत र संस्थागत तर्फ ५ दशमलव २५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ९ दशमलव १ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव १ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ५१ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ५१२ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ५१२ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्यक्तिगत तर्फ ९ दशमलव ६ प्रतिशत र संस्थागत तर्फ ७ दशमलव ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले मंसिरका लागि व्यक्तिगत निक्षेप तर्फ १० दशमलव ६३ प्रतिशत र संस्थागत तर्फ ८ दशमलव ६०३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS