IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन १३ करोड ५७ लाखमाथि

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । यस अवधिमा कम्पनीको नाफा, खुद बीमा शुल्क र कुल बीमा शुल्क लगायतका अधिकांश सूचकमा बृद्धि देखिएको हो ।

१ अर्ब ४५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४० प्रतिशतले बढेको हो ।

Prabhu
Crest

कम्पनीले शेयर प्रिमियम मार्फत १ करोड ६९ लाख रुपैयाँ उठाएको छ । यस अवधिमा कम्पनीकोे महाविपत्ती कोषमा ७ करोड २७ लाख ९६ हजार रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा १० करोड ७९ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष २ अर्ब १६ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार गिरावट भई १ अर्ब ८३ करोड रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ६१ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४८ करोड ३० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४१ करोड ८७ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२५ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २० लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २०८ रुपैयाँ ०२ पैसा रहेको छ । सोल्भेन्सी रेसियो १.५ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS