काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा ३ लाख २२ हजार रहेको छ ।
३ महिनाको अवधिमा कम्पनीले ७ लाख ६८ हजार कुल बीमा शुल्क आर्जन गरेको छ भने पुनर्बीमामा ७ लाख १७ हजार खर्च गरेको छ । त्यस्तै कम्पनीले ५१ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।
५२ करोड ५० लाख शेयर पुँजी भएको कम्पनीको संचित मुनाफा १८ लाख ४८ हजार र अन्य इक्ववीटी २८ लाख ५३ हजार रहेको छ । बीमा कोष असोज मसान्तमा ५३ लाख ७८ हजार पुगेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २५ पैसा रहेको छ ।