IME Life

क्रेस्ट माइक्रो लाइफको नाफा ५ लाख २४ हजार, कुल बीमा शुल्क ११ लाख ३८ हजार

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय  विवरण सार्वजनिक गरेको छ।  प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा ५ लाख २४ हजार रहेको छ ।

३ महिनाको अवधिमा कम्पनीले ११ लाख ३८ हजार कुल बीमा शुल्क आर्जन गरेको छ भने पुनर्बीमामा २ लाख ४४ हजार खर्च गरेको छ । त्यस्तै कम्पनीले ८ लाख ९४ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।  पहिलो त्रैमासमा कम्पनीले १ लाख १३ हजार अभिकर्ता कमिशन अन्तर्गत खर्च गरेको छ ।

Crest

५२ करोड ५० लाख शेयर पुँजी भएको कम्पनीको महाविपत्ति जगेडामा ६ लाख ६ हजार, संचित मुनाफा ४५ लाख ४९ हजार र अन्य इक्ववीटी ६० हजार रहेको छ । असार मसान्तको तुलनामा महाविपत्ती जगेडा ९ दशमलव ३९ प्रतिशत, संचित मुनाफा ११ दशमलव ४४ प्रतिशत र अन्य  इक्ववीटी  ९ दशमलव ०९ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष असार मसान्तमा ३१ हजार रहेकोमा असोज मसान्तमा ६ लाख ४ हजार पुगेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ४० पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS