IME Life
Beema Board

दुई लघु निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब ९२ लाख बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को असोज महिनासम्ममा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले करिब ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले असोज महिनासम्ममा कुल २ हजार ९७२ वटा बीमा पोलिसी विक्री गरी ९१ लाख ८९ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले असोज महिनासम्ममा १६ सय ६७ वटा पोलिसी विक्री गरी ३० लाख ४६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असोज महिनामा मात्रै १६ सय १ वटा पोलिसी विक्री गरी २७ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

Prabhu
Crest

त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले असोजै महिनासम्ममा ६१ लाख ४४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १३ सय ५ वटा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्रै कम्पनीले १२ सय ६४ वटा बीमा पोलिसी विक्री गरी ६० लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS