IME Life

नागरिक लगानी कोषद्धारा कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरेको छ । कोषले खुला प्रतिस्पर्धाबाट पदपुर्ती गर्ने भएकाले दरखास्त आब्हान गरेको हो । कोषको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदको लागि योग्य तथा ईच्छुक उम्मेदवारलाई २१ दिनभित्र दरखास्त आह्वान गरेको हो ।

आवेदन दिनको लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१)र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ जनाइएको छ ।

Crest

साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्नेछ।

दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्ने जनाएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS