IME Life
Beema Board

एनएमबि बैंकको नाफामा सामान्य बृद्धि हुँदा प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Prabhu
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव २९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ दशमलव ०७ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ दशमलव ८९ प्रतिशत र सञ्चालन मुनाफा ६ दशमलव ५१ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा रहेको छ। १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.०९ प्रतिशत घटेको छ भने कर्जा १.९१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS