IME Life
Beema Board

दश महिनामा आठ लाख पर्यटक नेपाल भ्रमणमा, सबैभन्दा धेरै भारतीय

SPIL
NIC ASIA

काठमाडौं । पर्यटन व्यवसायमा सुधारसँगै नेपाल भित्रिने पर्यटकको स‌ंख्या पनि बिस्तारै बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो १० महिनाको अवधिमा ८ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका अनुसार सन् २०२३ को अक्टुबर महिनासम्ममा कुल आठ लाख नौ हजार छ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यीमध्ये हवाई मार्ग हुँदै  १ लाख १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ को पहिलो १० महिना(अक्टुबरसम्म) मा हवाई मार्गबाट जम्मा ८८ हजार ५ सय ८२ पर्यटक भित्रिएका थिए । त्यसको अघिल्लो वर्ष सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए ।

Prabhu
Crest

बोर्डका अनुसार अक्टुबर महिनाको तथ्या‌ंक अनुसार भारतीय पर्यटक शीर्ष स्थानमा रहेका छन् । अक्टुबरमा भारतबाट १८ हजार चार सय ८० पर्यटक नेपाल आए। यसैगरी दोश्राे सबैभन्दा बढी अमेरिकाबाट १४ हजार आठ सय ७९ पर्यटक भित्रिएका छन् । यसैगरी यूरोपेली मुलुक बेलायतबाट आठ हजार दुई सय १७, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच हजार दुई सय ७१, इटालीबाट दुई हजार चार सय ६७ अस्ट्रेलियाबाट छ हजार ७५, एशियाली छिमेकी चीनबाट छ हजार आठ सय ८०, दक्षिण एशियाली दुई छिमेकी मुलुकहरु बंगलादेशबाट चार हजार दुई सय ९२ र श्रीलंकाबाट दुई हजार पाँच सय ७ पर्यटक नेपाल आएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS