IME Life

अभिकर्ता अनलाइन लाइसेन्स परीक्षाका लागि प्राधिकरणले जारी गर्‍यो यस्तो निर्देशन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागि कात्तिक १७ गते देखि सञ्चालन गर्न लागेको अनलाइन परिक्षामा सहभागी हुने उपायबारे सचित्र निर्देशन जारी गरेको छ। प्राधिकरणले अनलाइन परिक्षालाई लिएर परिक्षार्थी र बीमकका कर्मचारीबीच अन्याैलता अझै कायम रहेको पाएपछि सहजीकरण गर्नका लागी बुधबार निर्देशन जारी गरेको हो ।

पहिलो पटक कार्यान्वयनमा ल्याउन लागिएकाले यसको अभ्यास कसरी गर्ने भन्ने विषयमा प्रयोगकर्ता र सहजकर्ता स्वयमबीच देखिएको अन्यौलता हटाउनका लागि प्राधिकरणले चित्र सहित परिक्षामा सहभागी हुने प्रकृयाबारे जानकारी गराएको छ । यो निर्देशन पालना गरेर सम्बन्धित परिक्षार्थीले सहजै परिक्षामा सहभागीता जनाउन सक्नेछन् ।

Crest
Agent-Exam-Guideline

पहिलो पटक अनलाइन विधिबाट परिक्षा सञ्चालन गर्न लागिएकाले परिक्षार्थी र बीमकको कर्मचारी अझै पनि केही आश‌ंका कायमै रहेको छ। प्राधिकरणले परिक्षामा सहभागी हुनु पूर्व सहभागीताका लागी प्रयोग गरिने सूचना प्रविधिको उपकरणका लागी आवश्यक पर्ने विद्युत आपूर्ती र भरपर्दो इन्टरनेट सेवा सुनिश्चित गर्न समेत परिक्षार्थीसँग अनुरोध गरेको छ।

१ घण्टा ३० मिनेट अवधिका लागी सञ्चालन हुने परिक्षामा एक पटकमा १०० जना परिक्षार्थी मात्र सहभागी हुनसक्नेछन् । परिक्षार्थीले पूर्वनिर्धारित समय सीमाभित्र ५० मध्ये कम्तीमा २५ वटा प्रश्नको सही उत्तर रोज्नुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

15%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS