IME Life
Beema Board

मोडल र एप्लिकेसनको विशाल दायरा प्रस्तुत गर्दै ह्वावे क्लाउड

SPIL
NIC ASIA

काठमाडौं । ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले कसरी “साझेदारीले नयाँमूल्यको लागिमार्ग प्रशस्त गर्छ”भन्ने बारेमा चर्चा गरेका छन् । काङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरे । एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने छ ।

“ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ”उनले भने, पंगु मोडलहरूमा नयाँआविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं । ५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागिआवेदनदिएका छन् ।

Prabhu
Crest

एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउछ । यसले बहुमुखीपूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउछ । विशेष गरी यसमा मुख्य धारा काएआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइ तालिम र अनुमान ढाँचा) सामेल गरिएको छ त्यसैले डेभलपरहरूले आफ्नाअत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरू सहित स्थानान्तरण गर्न सक्छन् ।

ह्वावे क्लाउडले डेभलपरहरूमाध्यान केन्द्रित गरी खुलाग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमापहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनिउच्चदक्षताको यात्रामा लैजान्छ ।

फाउन्डेशनमामोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यता प्राप्त गर्ने मौकाको बनाइएका छन् ।
एक सम्पन्नइकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्तप्रयास पनिआवश्यक छ । ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओ फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ । यीउपलब्धिहरूले सबै उद्योगहरूमाथप सम्भावनाको सङ्केत गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS