IME Life
Beema Board

नेपाल टेलिकमले ल्यायो दशैं अफर, यस्ता छन् सुविधाहरु

SPIL
NIC ASIA

काठमाडौं । नेपाल टेलिकमले दशैं अफर ल्याएको छ । यसअन्तर्गत आफ्ना ग्राहकका लागि कम्पनीले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने घोषणा गरेको हो ।दशैंका लागि यो अफर असोज २८ सुरु भएको छ । आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत रु ४९ मा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

Prabhu
Crest

त्यसैगरी रु ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने रु १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, रु। २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र रु ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डेटा प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस अनुसार रु २०० देखि रु ४९९ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी रु। ५०० र सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुनेछ । कम्पनीले रु।​ ११९९ मा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध गराउने भएको छ । यसअघि यो प्याकेजको शुल्क रु १४९९ थियो । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डेटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ । यी प्याकहरू मोबाइलमा *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी उपयोग गर्न सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS