IME Life

हालसम्मकै सर्वाधिक लाभांश घोषणा गरेको युनिलिभर नेपालको यस्तो छ १३ वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA

काठमाडौं । यस वर्ष युनिलिभर नेपाल लिमिटेडले हालसम्मकै सबैभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो । कम्पनीले सफलतापुर्वक सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ ।

यस वर्ष उच्च दरमा लाभांश घोषणा गरेता पनि यस कम्पनीले हरेक वर्ष बम्पर लाभांश नै घोषणा गर्दै आइरहेको छ । कम्पनीले हरेक वर्ष आफ्ना लगानीकर्ताहरुलाई उच्च प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीको १३ वर्षको लाभांश इतिहास हेर्दा यस वर्ष हालसम्मकै उच्च भएपनि अघिल्ला वर्षहरुमा पनि राम्रो प्रतिफल वितरण गरेको देखिन्छ । यस कम्पनीप्रति लगानीकर्ताको आकर्षण राम्रो बनेको छ ।

Prabhu
Crest

कम्पनीको १३ वर्षको लाभांश हेर्दा कम्पनीले कुल ११ हजार १८५ प्रतिशत नगद लाभांश वितरण गरेको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७८ /७९ मा आफ्ना लगानीकर्ताहरुलाई कुल १२ सय १५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/ ७८ मा कम्पनीले कुल ६५० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आथिृक वर्ष २०७६ /७७ मा कम्पनीले सबैभन्दा कम १ सय रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५ /७६ मा कुल ७७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/ ७५ मा कम्पनीले ७ सय रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । कम्पनीले २०७३ /७४ मा १२ सय ७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७२/ ७३ मा १ हजार २० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७१/ ७२ मा ९९० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७०/ ७१ मा ८६० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०६९ /७९ मा ७६० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०६८ /६९ मा ६८० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०६६/ ६७ मा कम्पनीले कुल ५९० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

दोस्रो बजारमा कम्पनीको शेयर मुल्य ३५ हजार ८५० रुपैयाँ रहेको छ । सोमबार कम्पनीको शेयर मुल्य ६४० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS