IME Life
Beema Board

अपर तामाकोशीको ७ करोड ५० लाख कित्ता हकप्रद शेयर विकेन

SPIL
NIC ASIA

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर विक्री हुन सकेन् । कम्पनीले सोमबार असोज २२ गतेसम्म हकप्रद भर्ने समय थपेको थियो । कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि २ लाख ७५ हजार २०४ जना आवेदनकले ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता शेयरको लागि मात्र आवेदन दिएका हुन् ।

कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकोमा सो अनुसार नै १० करोड ५९ लाख कित्ता हकप्रद शेयरको लागि निवेदन आह्वान गरिएको थियो ।

Prabhu
Crest

अझै पनि कम्पनीको ७ करोड ५० लाख २७ हजार ३ सय ४४ कित्ता शेयरको लागि आवेदन परेन् । आवेदन नपरेको शेयर कम्पनीले लिलामीमा विक्री गर्ने गर्दछ ।

हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

33%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS