Connect IPS
IME Life

जावा येज्दी मोटरसाइकल्सले ल्यायो “येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जावा येज्दी मोटरसाइकल्सले चाडपर्वको अवसरमा आफ्नो उपभोक्ताहरुका लागि “येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना ल्याएको छ । यस योजना अन्तर्गत येज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरु मोडलहरु किन्दा हरेक ग्राहकले यी छुट पाउनेछन् ।

यस योजना अन्तर्गत ५ वर्षको लागि निःशुल्क सर्भिसिंग तथा अन्य उपभोग्य सामानहरु प्राप्त गर्नेछन् ।यसैगरी, ग्राहकले ३ वर्षकोलागि वार्षिक कर निःशुल्क हुनेछ तथा ५० हजार रूपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यी आकर्षक उपहारका साथै ग्राहकहरुलाई सजिलो फाइनान्सिंग सुविधा पनि उपलब्ध हुनेछ । “यो चाडपर्वको बेलामा हामीले हाम्रा ग्राहकहरुको उच्च गुणस्तरको मोटरसाइकल चढ्ने सपनालाई साकार बनाउँदै छौं । “येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना मात्र हैन, हामीले ग्राहकहरुलाई दिने सर्वोत्कृष्टताको प्रतिबद्धता हो,” कम्पनीले भन्यो ।

६ स्पिड गियर जडित येज्दी मोटरसाइकलहरु ३३४ सिसिको बिएस सिक्स लिक्विड कुल्ड इन्जिनयुक्त छन् जसले न्यूनतम २९।५० बिएचपी पावर र २८।२ एनएमको टर्क दिन्छ । यसैगरी, येज्दी मोटरसाइकलहरु डुअल च्यानल एबिएस, बाटो अनुसार चेन्ज गर्न सकिने स्विचेबल एबिएस मोड, स्लिपर क्लच र युएसबी चार्जिंग पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरु छन् ।

कम्पनीले भन्यो, हामी सम्पूर्ण मोटरसाइकल पारखीहरुलाई हाम्रो शोरुममा आएर हाम्रा उत्कृष्ट बाइकहरुलाई नजिकबाट हेर्न, बुझ्न र टेस्ट राइड गर्न, तथा हाम्रो यो उत्सव अफरको फाइदा लिन आमन्त्रण गर्न चाहन्छौं ।”

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS