IME Life
Beema Board

हिमालयन लाइफबाट बाहिरिए नायब प्रमुख कार्यकारी अधिकृत विपिन लाल

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन लाइफ इन्स्याेरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल स्वेच्छिक अवकाश राेजेर बाहिरिएका छन् । उनी हिमालयन लाइफमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए।

प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्याेरेन्सले बैशाख २६ गतेबाट हिमालयन लाइफ इन्स्याेरेन्सकाे नामबाट एकीकृत काराेबार शुरु गर्नु अघि उनी गुराँस लाइफ इन्स्याेरेन्समा प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । मर्जर सम्झाैता अनुसार एकीकृत कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति अध्यक्ष दुबै पदमा साबिक यूनियन लाइफ इन्स्याेरेन्सबाटै प्रतिनिधित्व हुने भएपछि उनी नायब प्रमुख पदमा नियुक्त हुनु परेकाे थियाे ।

Prabhu
Crest

२०७८ कात्तिक ३ गते गुराँस लाइफमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु अघि लाल लाइफ इन्स्याेरेन्स कर्पाेरेशन नेपालकाे मधेश प्रदेश प्रमुखकाे जिम्मेवारीमा रहेका थिए।

तीनवटा जीवन बीमक गाभिएपछि काराेबार र शाखा सञ्जालकाे तुलनामा कर्मचारी स‌ंख्या अधिक भएकाे निष्कर्ष सहित हिमालयन लाइफ इन्स्याेरेन्सले स्वेच्छिक अवकाश याेजना सार्वजनिक गरेकाे थियाे । स्वेच्छिक राजीनामा राेजेर असाेज ५ गतेदेखि लागू हुने गरी लाल हिमालयन लाइफ इन्स्याेरेन्सबाट बाहिरिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

27%

खुसी

9%

दु :खी

36%

अचम्मित

18%

उत्साहित

9%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS