IME Life

लाभांश घोषणा गरेका पाँचमध्ये अझै चार वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । लाभांश घोषणा गरेका पाँच वटा वाणिज्य बैंकहरु सबैले बुक क्लोज तथा साधारण सभाको मिति तय गरिसकेका छन् । जसमध्ये एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको शेयर किन्नले अझैपनि बैंकहरुको प्रस्तावित लाभांश हात पार्न योग्य हुनेछन् भने माछापुच्छ्रे बैंकको भने बुक क्लोज भई मुल्य समायोजन समेत भइसकेको छ । यद्यपी माछापुच्छ्रे बाहेक अझै चार वाणिज्य बैंकको शेयर किन्नले लाभांश पाउन योग्य हुनेछन् ।

एनआईसी एशिया बैंकले साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएएको छ । यसको आधारमा असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारितका लागि बैंकले २६औं वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।

Meta Holidays
Crest

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदन गर्न बैंकले असोज २६ गते १७औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा गर्ने कम्पनीले जनाएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

एभरेष्ट बैंकले साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असोज १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा असोज ३० गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामाभाग लिनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न बैंकले १९औं वार्षिक साधारण सभा कात्तिक २ गते, गर्ने जनाएको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले २५औं वार्षिक साधारण सभा असोज १८ गते, बिहीबार सभा बोलाएको हो । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा गर्ने बैंकले जनाएको छ ।

बैंकले साधारण सभा प्रयोजनार्थका लागि बुक क्लोज गरिसकेको छ । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS