IME Life
GBIME

नेपाल बीमा प्राधिकरणले कार्तिकदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आउँदाे कार्तिक देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उतीर्ण हुनुपर्ने प्रावधान अनुसार प्राधिकरणले अभिकर्ताको परीक्षा संचालन गर्ने जनाएको हो ।

नेपाल बीमा प्राधिकरणले गत मंसिरदेखि बीमा ऐन अनुसार परीक्षा प्रणालीको शुरुवात गरेको थियो । शुरुवाती चरणमा बीमा कम्पनीहरु आफैले परीक्षा लिन पाउने व्यवस्था गरिएको थियो । आउँदाे महिनादेखि प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्नका लागि सफ्टवेयर बनाएर आफैले परीक्षा लिने व्यवस्था गरेको हो ।

Crest

गत मंसिर ७ गते बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो । सोही निर्देशिका अनुसार बीमा कम्पनीहरु आफैले अभिकर्ताहरुलाई परीक्षामा सहभागी गराएर लाइसेन्स दिइरहेका थिए ।

अब प्राधिकरणले नै अभिकर्ताको लागि कार्तिकबाट परीक्षा सञ्चालन गर्ने भएकाले यही असोज २५ गतेदेखि प्राधिकरणकाे बीमा सूचना प्रणाली (आइआरएमआइएस) मार्फत् अभिकर्ता दर्ता प्रकृया बन्द हुने भएकाे छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि आइआरएमआइएस सिस्टममा दर्ता प्रकृया असोज २९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन २०७९ दफा ९२ को उपदफा ९२० को व्यवस्था बमोजिम सञ्चालन गरिने बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउन परीक्षा सम्बन्धी व्यवस्था गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%

खुसी

4%

दु :खी

0%

अचम्मित

4%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS