Connect IPS
IME Life

नेपालकै पहिलो ‘नेपाल इन्स्योरेन्स कम्पनी’ ७७ औं वर्षमा प्रवेश, सर्वोत्कृष्ठ सेवा प्रवाह गर्ने प्रतिवद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको ७६औं वर्ष पूरा भई ७७औं वर्ष प्रवेश गरेको छ। सोही अवसरमा कम्पनीले संस्थालाई निरन्तर साथ र सहयोग गरि अगाडि बढ्न प्रेरित गर्ने समस्त ग्राहकवर्ग, नियामक निकायहरु, प्रतिष्ठित लगानीकर्ताहरु, कर्मचारीहरु लगाएत सम्पूर्ण शुभचिन्तकहरुमा आज विशेष दिनको उपलक्ष्यमा हार्दिक आभार व्यक्त गरेको छ ।

यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७६ वर्ष देखि उत्कृष्ट बीमा सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पुर्याउने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ ।

Prabhu
Crest

कम्पनीले बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरी ग्राहकको आबश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सम्पूर्ण काम कारवाहीहरुलाई पूर्ण व्यवसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै जाने प्रण गरेको छ ।

आर्थिक बर्ष २०७९/ ८० को चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ४९ करोड २७ लाख रुपैयाँ संचिती रहेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा कोष ९५ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ७५ करोड ३२ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीले ४० करोडमाथि खुद नाफा आर्जन गरेको छ । कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।यस अवधिमा कम्पनीले २९ करोडमाथि खुद दाबी भुक्तानी गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS