Connect IPS
IME Life

चिलिमे त्रिशूली प्रशारण लाइनकाे डेड लाइन पुससम्म मात्र, समयमै पुरा हाेला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चिलिमे त्रिशुली प्रशारण लाइन निर्माणकाे काम आगामी पुस मसान्तभित्र सम्पन्न गरिसक्नका लागी नेपाल विद्युत प्राधिकरणले समय सीमा निर्धारण गरिदिएकाे छ। अबकाे चार महिनाभित्र निर्माण कम्पनीले त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण कार्य पुरा गरी सक्नुपर्नेछ।

त्रिशूली नदी र सहायक खोलामा निर्माण भइरहेका र भविष्यमा निर्माण हुनसक्ने जलविद्युत् आयोजनाले उत्पादन गर्ने जलविद्युत् उर्जा राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गर्नका लागी प्राधिकरणले चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माण कार्य गराइ रहेकाे छ ।

Prabhu
Crest

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०,१३२ र ३३ केभी क्षमताकाे क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण कार्य भइरहेकाे छ । यसबाहेक चिलिमे-त्रिशूली थ्री बी हब २८ किलोमिटर लामाे २२० केभी क्षमताकाे डबल सर्किट प्रसारण लाइन समेत निर्माण भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले स्थलगत अध्ययन पछि पुस महिनासम्मकाे समय सीमा निर्धारण गर्ने निर्णय गरेकाे हाे ।

प्रसारण लाइन निर्माणकाे काम समयमै पुरा हुन नसके निर्माणाधीन १११ मेगावाटको रसुवागढी र ४२‍‍.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् खेर जाने जाेखिम छ।

कुल २८ किलोमिटर प्रसारण लाइनका लागी याेजना अनुसारकाे ७६ वटा टावरमध्ये ५६ वटाको मात्र जग तयार भएकाे छ । बाँकी टावरको जग हाल्ने तयारी चलिरहेकाे छ । ४८ वटा टावर ठड्याउने काम सम्पन्न गरेर जम्मा १० किलोमिटर प्रशारण लाइन निर्माण गरेकाे छ । आयोजनाको समग्र निर्माण प्रगति ९० प्रतिशत रहेपनि भाैगाेलिक अवस्थित र कठिन भूगाेलका कारण टावर निर्माणकाे कार्य चार महिनाकाे बाँकी अवधिभित्र पुरा हुन चुनाैती रहेकाे बताइएकाे छ ।

तीन करोड ९० लाख अमेरिकी डलर  अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी रहेकाे छ। परियाेजनाकाे लागी जर्मन विकास बैंक र युरोपियन इन्भेष्टमेण्ट बै‌ंकले सहुलितपूर्ण ऋण लगानी गरेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS